देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बस्नेगरी बैठक बोलाएका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पर्सि बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ।

बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।

बैठकले भारत र पाकिस्तान युद्धमा पार्टीको धारणा पनि तय गर्नसक्ने सुनाए। सत्तारुढ दल एमालेसँग कुरा नमिल्दा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ। बैठकमा त्यसबारेमा पनि छलफल हुने जनाइएको छ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति पनि कांग्रेसभित्र मिश्रित प्रक्रिया आइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *