युवा संघको महाधिवेशन जेठ दोस्रो साता, यी हुन् अध्यक्षका आकांक्षी

पोखरा । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन पोखरामा हुँदैछ । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुन लागेको जनाएको छ ।

३ दिनसम्म चल्ने महाधिवेशनले ९ पदाधिकारीसहित १५१ केन्द्रीय कमिटीको चयन गर्नेछ । केन्द्रीय कमिटी ३३ प्रतिशत महिलाको सुनिश्चिता गर्ने संघका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।

पदाधिकारी १० भन्दा कम बनाउने एमालेको नीतिबमोजिम यो महाधिवेशनबाट १७ जना रहेको पदाधिकारी ९ जनामा झर्नेछ । केन्द्रीय कमिटी पनि ३२९ बाट १५१ मा झर्नेछ । पोखरा सभागृहमा हुने अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

हालका अध्यक्ष क्षितिज थेवेले पुनः अध्यक्ष नदोहोरिने घोषणा गरिसकेका छन् । यसर्थ यो महाधिवेशनबाट युवा संघले नयाँ अध्यक्ष पाउने निश्चित छ । स्रोतका अनुसारका अध्यक्षमा ४ जनाको दाबी छ ।

तीन उपाध्यक्ष कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम र महासचिव सुमन पुरीले अध्यक्ष बन्ने आकाक्षा देखाएका छन् । महासचिवमा निरोज पौडेल, हालका सचिव पर्वत भण्डारी र विनय शाह महेश चौलागाईंसहितकाको आकांक्षा छ ।

कार्यकारी पद भएकाले अध्यक्ष नपाउने उपाध्यक्ष पनि महासचिव बन्न सक्ने सम्भावना पनि रहने स्रोतको दाबी छ ।

महाधिवेशनमा देशैभरबाट करिब २ हजार प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । यो महाधिवेशनले युवाहरुमा बढ्दो निराशा र विदेश पलायन रोक्न, उद्यमशीलता, राजेगाी र स्वरोजगारीको सुनिश्चिता गर्न दिशा निर्देश गर्ने आयोजकको विश्वास छ ।

Comments

One response to “युवा संघको महाधिवेशन जेठ दोस्रो साता, यी हुन् अध्यक्षका आकांक्षी”

  1. विष्णु साह (siraha)9813714147 Avatar
    विष्णु साह (siraha)9813714147

    सामूहिक परियोजना कम्तीमा पनि एउटा जिल्लामा एउटा युवासंघ साथीहरु मिलाएर नमूना बनाउन सकेमा देशका युबा साथीहरु आकर्षित हुने छन्।अहिलेको अवस्थामा एकल काम गरेर कुनै राम्राे प्रतिफल आएको देखिँदैन हुँदा पनि ठूलो लगानी चाहिन्छ। सामूहिक परियोजना बनाएर समय र ठाउँ अनुसारको उद्यमशीलता, उत्पादनमा मिलेर काम गर्न सक्यो भने अहिलेको निराश चिर्न सकिन्छ जसले गर्दा युवा ससक्तीकरण अझ अगाडि बढ्छ भोलिको दिनमा समग्र पार्टी जीवनलाई राम्रो हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *