गभर्नर नियुक्तिबारे बोले देउवा- राष्ट्र बैंकभित्रै आएको समस्या हो, ओलीजीको दोष छैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको भागवण्डा मिलिसकेको खुलासा गरेका छन् ।

नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै देउवाले गभर्नर काग्रेसले पाउने बताएका हुन् ।

गभर्नरबारे गठबन्धनमा कुनै समस्या नरहेको बताउँदै देउवाले भने, ‘राष्ट्र बैंकको गभर्नरबारे ओलीजीले ल्याएको समस्या होइन । राष्ट्र बैंकभित्रै आएको समस्या हो । उहाँ कांग्रेसलाई दिने पक्षमा हुनुहुन्छ ।’

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ प्रधानमन्त्री ओलीका कारण नभएको उनले स्पष्ट पारेका छन् ।

गभर्नर बन्ने दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा कामु गभर्नर निलम ढुङ्गानाले स्वीकृत गरिदिएकी छैनन् । जसले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको देउवाले सङ्केत गरेका छन् ।

गभर्नर बन्नका लागि भट्टले कांग्रेसबाट लबिङ गरिरहेको चर्चा छ । उनको राजीनामा स्वीकृत नगरेकी कामु गभर्नर ढुङ्गाना पनि गभर्नरको ‘रेस’मा रहेको चर्चा छ ।

गएको चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नर विहीन छ । कामुको भरमा राष्ट्र बैंकको कामकाज भइरहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *