रेशम चौधरी पक्राउबारे सरकारको जवाफ माग्दै जनमत र नाउपाले गरे सदन अवरोध (भिडिओ)

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउको विषयलाई लिएर नाउपा र जनमत पार्टीले सदन अवरुद्ध गरेको छ । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउसम्बन्धी घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन् ।

बैठकको सुरूमै अध्यक्ष श्रेष्ठले वैशाख १७ गते सर्वोच्च प्रशासनको मनोमानीका कारण रेशम चौधरीलाई पक्राउ गरि केहिबेर कारागारमा राखिएको भन्दै निष्पक्ष छानबिनको माग गरेकी हुन् ।

रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफसमेत आउनुपर्ने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले रेशम चौधरीको गिरफ्तारी एक व्यक्तिको मात्रै विषय नभएको उल्लेख गर्दै यसका कारण समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *