आशाको सञ्चार गराउनु मिडियाको दायित्व : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने र देखाउने प्रमुख दायित्व मिडिया जगतकै रहेकोले त्यसतर्फ केन्द्रित हुन सबैलाई आग्रह गरेका छन् ।

सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा समाजमा गाली संस्कृती र नकरात्मकता छाएकोले त्यसलाई हटाउन सञ्चारकर्मीको विशेष भूमिका हुने उनको धारणा थियो ।

राष्टिय समाचार समिति (रासस)ले आफ्नो ६४ औं वार्षिकोत्सवका अवसरमा प्रकासन गरेको फोटो किताब आइतवार राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले काउन्सिल अध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

उक्त क्रममा अध्यक्ष बस्नेतले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएका उल्लेख्य उपलब्धीलाई तस्वीर मार्फत जनमानसमा ल्याउन यो पुस्तक महत्वपूर्ण दस्तावेज हुने भन्दै राससको सरहाना गरे ।

त्यसक्रममा कार्यकारी अध्यक्ष झाले गणतन्त्र स्थापनापछि नेपालमा केही पनि भएन भन्ने गलत भाष्य चिर्न तथ्यसहित पुस्तक प्रकासन गरिएको बताए ।
‘ुवास्तवमा यो अवधिमा धेरै काम भएको छ । तर, मिडियाले भएका काम बाहिर ल्याउन सकिरहेको छैन । नराम्रो र हुँदै नभएको कुरा खोतल्नु मात्र पत्रकारिता होइन’, अध्यक्ष झाले भने ।

राससले यसअघि हाम्रो संस्कृति, हाम्रो सम्पदा र समृद्धिका लागि पूर्वाधार शीर्षकहरुमा तस्वीर प्रर्दशनी गरेको थियो । तिनै तस्वीरहरुको संग्रहको रुपमा ुरासस फोटो किताबः गणतन्त्रको १६ वर्षु प्रकाशन भएको हो ।

Comments

One response to “आशाको सञ्चार गराउनु मिडियाको दायित्व : काउन्सिल अध्यक्ष बस्नेत”

  1. Babu Ram Gautam Avatar
    Babu Ram Gautam

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ठीक भन्नुभयो । समाजमा आशाको सञ्चार गराउने र देखाउने प्रमुख दायित्व मिडिया जगतकै हो । तर मिडियाको वर्तमान भूमिका छुल्याहा, कपोलकल्पित कुरा उठान गर्ने, भ्रम छर्ने, कसैका लागि काम गरेजस्तो दलालीगिरी गर्ने, सम्मान गर्नुपर्ने व्यक्तिको सत्तोसराप गरी गिराउने, यो मुलुकमा बस्नै हुन्न भनी युवालाई विकर्षण गर्ने, आशा जगाउनुभन्दा आक्रोश, हिंसा र कुण्ठा पोख्ने जस्ता नकरात्मक प्रवृत्ति देखिएका छन् । यसलाई बेलैमा सच्चाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *