एमालेनिकट मुस्लिम संगठन अध्यक्षमा मोहम्मद हारुन हलुवाई

वीरगन्ज । एमालेसम्बद्ध नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा मोहम्मद हारुन हलुवाई निर्वाचित भएका छन् ।

नेपालगन्जमा सम्पन्न ७ औं महाधिवेशनबाट हलुवाई निर्वाचित भएका हुन् ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलद्वारा उद्घाटित महाधिवेशन ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । कमिटीमा सातै प्रदेशबाट २५ जना

मधेश र लुम्बिनीबाट ३/३ पुरुष र २/२ महिला गरि जम्मा १० जना, बाँकी प्रदेशबाट २ पुरुष, १ महिला गरि १५ जना निर्वाचित भएका छन् । खुला तर्फ ३१ जना, २० पुरुष ११ महिला सहित ३१ जना निर्वाचित भएका हुन् ।

कमिटीमा ६५ जना चयन भएका छन् । ३४ जना मनोनीत गरिने भएको छ ।

पदाधिकारी

अध्यक्ष: मोहम्मद हारुन हलुवाई

उपाध्यक्ष: तैयव अन्सारी

उपाध्यक्ष महिला: साजिदा सिद्दिकी

महासचिव: राजमोहम्मद मियाँ

उपमहासचिव: जबुल मियाँ

सचिव: संगठन हलिम मियाँ

प्रचारः रियासत लिमी

विदेश: सुलेमान मियाँ

अर्थ: अब्दुल करिम खाँ

केन्द्रीय सदस्य

रौशन प्रविन, साविर अलि, कलिमुल्लाह अलि, अमिरुल निसा, अब्दुल खाँ,मोहम्मद रफिक, समिना मियाँ, गैंडा खान, मोहम्मद निजामुद्दिन हक, रासिदा खातुन, जरिना खातुन, सैयदा खातुन, मुन्नी खातुन, जमिला मियाँ, अफसाना खातुन, जलिल मियाँ, जाकिर हुसेन हलुवाई

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *