छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोपमा सहायक प्रअ पक्राउ, पिछा गर्दै आफन्तको घरसम्मै पुगे !

चितवन । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्याकले आफ्नै विद्यार्थीलाई यौनजन्य हैरानी दिएको दिएको खुलेको छ । विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले सोही विद्यालयकी १५ वर्षीया छात्रामाथि फेसबुक म्यासेन्जरमा अश्लील म्यासेज पठाउने तथा पिछा गर्ने गरेको खुलेको हो ।

सापकोटाले छात्रालाई आर्थिक प्रलोभनसँगै आफूसँग होटलमा जान दबाब दिने गरेको लगायत अभियोगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । बालिकाको पारिवारिक चिनजानसमेत भएका सहायक प्रधानाध्यापक सापकोटाले बालिकाको बुबा चितवन नभएको मौका छोपी पिछा गरेर आफूसँग होटलमा बस्न भनेको जाहेरीमा उल्लेख छ ।

बालिकाका अनुसार गत बिहीबार ब्रिजकोर्स पढेर आफन्तको घर बस्न गएको बेला सापकोटाले पिछा गर्दै सापकोटा सोही घरसम्म पुगेका थिए । आफन्तको घरमा कोही नहुँदा आफ्नो पिछा गरी शिक्षक आएको थाहा पाएपछि ४५ मिनेटसम्म शौचालयमा लुकेर आफूलाई जोगाएको बालिकाले प्रहरीसँग बताएकी छिन् ।

अति हैरानी दिएपछि बालिकाले परिवारलाई सुनाएकी थिइन् । त्यसपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर अपराधमा जाहेरी दर्ता गरेका हुन् ।

बलिकाले दिएको जाहेरीको आधारमा आरोपी सहायक प्रधानाध्यापक सापकोटालाई गत बिहीबार हिरासतमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी राजन खनालले जाहेरीपछि शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

सहायक प्रधानाध्यापक सापकोटा चितवनको उत्कृष्ट विद्यालयमा पर्ने नारायणी नमुना माध्यामिक विद्यालय भरतपुरको आजबाट सुरु भएको कक्षा १२ का परीक्षाको केन्द्राध्यक्ष समेत रहेका थिए ।

Comments

One response to “छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोपमा सहायक प्रअ पक्राउ, पिछा गर्दै आफन्तको घरसम्मै पुगे !”

  1. तिर्सना खनाल Avatar

    एक प्रतिष्ठित विद्यालयको “शिक्षकले” यसो गर्नु कति सम्मको मुर्खता हो । हाम्रो समाजमा शिक्षकको नैतिक शिक्षाको स्तर त यस्तो छ, कसरी नबडोस बलात्कारका घटनाहरु ? दुई चार दिन आम सर्वसाधारणलाई अल्मल्लाएर कारवाही गरे जस्तो गरेर दोषीलाई छुट नहोस !!! कडाभन्दा कडा कारवाहि गरि यस्ता अपराधीलाई निरुत्साहित पार्नुपर्छ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *