अझै भेटिएन सडकमै ‘गायब’ भएको बोलेरो

हेटौंडा । मकवानपुरको हेटौंडा चुच्चे खोला नजिक गुड्दागुड्दै बाटोको भँगालोमा डुबेर बेपत्ता भएको बोलेरो गाडी दोस्रो दिन पनि फेला परेन ।

शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडक भासिएर बेपत्ता भएको ना ४ च ४८३३ नम्बरको बोलेरो आज पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाडी फसेको ठाउँमा जेसीबी लगाएर खोज्दा दोस्रो दिनको प्रयाससमेत असफल भएको प्रहरीको भनाइ छ । प्रहरीले खाडल परेको स्थानमा पानी कटाएर खोजतलास गर्दा पनि गाडी फेला नपरेको बताए ।

प्रहरीले आजको लागि खोजतलास बन्द गरेको छ । खोजतलास भने जारी राखिने बताइएको छ ।

घटनामा कुनै मानवीय क्षति भने भएन । गाडीका चालक र सहचालकले हामफालेर ज्यान जोगाएका थिए । अहिले उक्त खाडल भएको स्थान ठूलो पोखरीमा परिणत भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *