नागढुङ्गा–पिप्लामोड खण्ड १० दिन आंशिक रुपमा बन्द हुने

काठमाडौं । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड १० दिन आंशिकरुपमा बन्द हुने भएको छ ।

उक्त सडकखण्ड वैशाख २२ गतेदेखि १० दिन आंशिकरुपमा बन्द हुने भएको हो ।

२२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक आंशिक रुपमा सडक बन्द सडक डिभिजन कार्यालयले जनाएको छ ।

साना तथा मझौला सवारीसाधनको लागि बैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *