प्रहरीको बाक्लो उपस्थितिमा पाटन क्याम्पसमा मतदान जारी

काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमाआज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान जारी छ। बिहान ८ १५ बजेदेखि मतदान सुरु भएको हो ।

गत चैत ५ गते हुन नसकेको निर्वाचन आजका लागि सारिएको थियो।

उच्च अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा विद्यार्थी संगठनहरुसहितको बैठकले आज निर्वाचन गराउने सहमति गरेका थिए ।

यसअघि चुनावमा धाधली भएको भन्दै अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच कुटाकुट भएको थियो । आज भने ठूलो संख्यामा प्रहरी परिचालन गरि मतदान भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *