नीति तथा कार्यक्रम टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोष्टो जस्तो छ: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारको नीति तथा कार्यक्रम पुरानो ढर्राको च्यातिएको कागज जस्तो भएको टिप्पणी गरेका छन् ।

संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम पुरानो ढर्राको च्यातिएको कागज जस्तो । टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोष्टो जस्तो । अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सिएको जस्तो । गरिनेछ, भनिनेछ, सुनिनेछ भन्ने सुगा रटाई जस्तो ।’

प्रवक्ता शाहीले युवाको रोजगारी र देशका लागि सरकारको नीति तथा कार्यक्रम आउन नसकेको जिकिर गरे ।

‘यो त सिर्फ भ्रष्टाचारीलाई संरक्षण र संस्थागत गर्न आयो’, उनको टिप्पणी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *