जनसांस्कृतिक महासंघको अध्यक्षमा भूमिका सुब्बा, यस्तो बन्या पदाधिकारी टीम

काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय सर्वसम्मत केन्द्रीय कमिटी चयन गरेको हो ।

महाधिवेशनमा अध्यक्ष प्रेमनाथ अधिकारीले सुब्बालाई अध्यक्षका लागि प्रस्ताव गरेका थिए । यसअघि कार्यसमितिका उपाध्यक्ष सुब्बा लामो समयदेखि जनसांस्कृतिक महासंघमा आबद्ध रहेका छन् । उनी पूर्वमन्त्री तथा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्त नेम्वाङकी पत्नीसमेत हुन् ।

महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी शर्मालाई चयन गरेको छ । यसैगरी उपमहासचिवमा होमराज श्रेष्ठ, सचिवमा अमृत खाती, अशोक प्यासी राई, सुवास मल्ल र पदम रोकायलाई सर्वसम्मत चयन गरेको छ ।

महाधिवेशनको उद्घाटन बुधवार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *