सरकार र शिक्षकबीच सहमति, हस्ताक्षर हुन बाँकी

काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको सहमतिमा हस्ताक्षर भने भइसकेको छैन ।

वार्ता सकेर मन्त्रीहरु क्याबिनेट बैठक बस्न हिँडेका छन् । मन्त्रिपरिषद बैठकले शिक्षकहरुका केही माग सम्वोधन गरेपछि सम्झौता हुने र औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ ।

वैठकमा सहभागी प्रमुख सचेतक श्यामकुमार घिमिरेले सहमति भएको पुष्टि गरे ।

उनले भने, ‘सहमतिमा हस्ताक्षर हुन बाँकी छ । उहाँहरुले क्याबिनेटले निर्णय गरेपछि मात्रै हस्ताक्षर गर्छौं भन्नुभयो ।’ घिमिरेका अनुसार मन्त्रिपरिषद वैठकबाट मन्त्रीहरु फर्किएपछि फेरि वैठक गरेर सहमतिमा हस्ताक्षर गरिने छ । आज भएको वैठकमा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, कांग्रेस र एमालेका प्रमुख सचेतकहरु सहभागी थिए । महासंघका तर्फबाट अध्यक्ष सहितको टोली थियो । वैठकमा ११ बुँदे मस्यौदामाथि सहमतिका लागि प्रस्ताव गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *