बाबुरामको दिल्ली दौड- भेटे नेपालका लागि ४ भारतीय पूर्वराजदूत

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई यतिबेला भारत भ्रमणमा छन् ।

निकट ‘प्रगतिशील नेपाली समाज, भारतको प्रथम अधिवेशनमा सहभागी हुन भारत पुगेका भट्टराई राजनीतिक भेटघाटमा व्यस्त छन् ।

उनले नेपालका लागि पूर्वभारतीय राजदूतहरू श्याम शरण, राकेश सुद, रञ्जित रे र मंजिव सिंह पुरीसँग आज भेटवार्ता गरेको सचिवालयले जनाएको छ ।

आजै उनले भाजपाका वरिष्ठ नेता तथा भारतका रक्षा मन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गरेका थिए । उनले यीबाहेक भारतका विभिन्न राजनीतिज्ञहरुसँग पनि भेटवार्ता गरिरहेका छन् । भेटमा नेसपाकी विदेश विभाग प्रमुख तथा उपाध्यक्ष मानुषी यामी भट्टराई पनि सहभागी छिन् ।

Comments

2 responses to “बाबुरामको दिल्ली दौड- भेटे नेपालका लागि ४ भारतीय पूर्वराजदूत”

  1. Mania Thompson Avatar
    Mania Thompson

    क्याबात नेपाली लेन्डुप दोर्जे = भारु रस्म

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    यस्ता काम नलाग्ने नेपाली राजनितीमा कुनै हैसियत नभएकालाइ , भारतमा कुनै हैसियत नभएका हरूले भेटेछन्, कठैबरा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *