शिक्षक महासंघका अध्यक्ष भन्छन्- हाम्रो माग पूरा गर्न वार्षिक १३ अर्बमात्रै लाग्छ, राज्यलाई ठूलो कुरा होइन

काठमाडौं । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूको जारी आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने बताएका छन् । परिणाम नआएसम्म आन्दोलनबाट पछि नहट्ने उनको अडान छ ।

आज आन्दोलनकै क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुवेदीले भने, ‘लक्ष्यभेदन नगरेसम्म, अग्रगामी शिक्षा ऐन जारी हुने परिस्थिति नभएसम्म हामी आन्दालेनबाट बाहिर जाँदैनौं ।’

उनले सहमतिहरूलाई ३ वर्गमा बाँडिएको सुनाए । सुवेदीका अनुसार मन्त्रीस्तरीय निर्णयबाट हुन सक्ने कुराहरू पहिलो वर्गमा मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्नेलाई दोस्रो वर्गमा र ऐन कानून बनाउनुपर्नेलाई तेस्रो वर्गमा राखिएको छ ।

उनले भने, ‘मन्त्री र मन्त्रीपरिषदबाट हुन सक्ने काम अविलम्ब गर्नुपर्छ । ऐन कसरी जारी हुने भनेर मार्गचित्रसहित छलफल गरेर अगाडि जानुपर्छ भनेर सरकारसित भनेका छौं ।’

आफूहरूको मागमा सरकार संवेदनशील नभएकाले कुरा मिल्न नसकेको सुवेदीको भनाइ छ ।

‘सरकार संवादमा बसे पनि संवेदनशील भएको छैन । त्यसैले आन्दोलन लम्बिरहेको छ । परिणममा नपुगेसम्म आन्दोलन रोकिँदैन । यो आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने अभियानमा छौं’, उनले भने ।

सुवेदीले आन्दोलनका मागहरू पूरा गर्न सरकारलाई वार्षिक झण्डै १३ अर्ब लाग्ने हिसाब सुनाए ।

उनले भने, ‘२ खर्ब खर्च लाग्छ भनेर हल्ला गनुभएको छ । अहिलेको शिक्षा क्षेत्रको जम्मा बजेट नै २ खर्ब हो । अहिले हामीले जुन कुरा उठाएका छौं, त्यसलाई सम्बोधन गर्न एउटा आवमा १२ अर्ब ७५ करोड ४९ लाखमात्रै खर्च हुन्छ भनेर हामीले हिसाब निकालेका छौं । राज्यका लागि यो ठूलो कुरा होइन । तर, इच्छा भएन भने दुई रूपैयाँ पनि पाँच रूपैयाँ पनि ठूलो हुन्छ ।’

Comments

2 responses to “शिक्षक महासंघका अध्यक्ष भन्छन्- हाम्रो माग पूरा गर्न वार्षिक १३ अर्बमात्रै लाग्छ, राज्यलाई ठूलो कुरा होइन”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमीहरू मात्र छौ नपाएका ? देशले क्षमता बढाउँदै लगेर दिन्छ ।हुलदंगाको भरमा देश बढन सक्दैन । निशेधित क्षेत्र बाहेक अन्यत्र शान्तिपूर्ण प्रदर्शन गर वर्ष दिन गरे पनि केही नापिदैन । तर प्रहरीलाई जिस्कायौ भने चाहिँ भाँटा खायौ । ५२% फेल, ६ महिना काम गरेर १३ महिनाको तलव, छोराछोरी बोर्डिङमा । अनि यिनले जे भन्यो त्यहि लगलग कामेर पूरा गर्नुपर्ने ?

  2. हरिहर Avatar
    हरिहर

    अहिले राखिएका २२ मागमध्ये

    अहिले राखिएको माग मध्ये २, ३ र ४ख र १७ संवोधन गर्दा मात्र ३० अरब लाग्दो रहेछ ।
    १. ECD शिक्षक ‍= जम्मा 31418 जना = हालको तलब 10000 प्रा.तृ. सरह गर्दा थप्न पर्ने 22902 जम्मा 9353955468 र कसंकोष थप 935395546.8 गरी जम्मा रु. 10,28,93,51,015 हुने र महगी भत्ता थप्दा 75,40,32,000
    २. विद्यालय सहयोगी = 27963 जना , हालको 8000 = न्यूनतम तलब कायम गर्दा थप्न पर्ने 9300 जम्मा 3380726700 र कसंकोष थप 338072670 गरी जम्मा रु.3,71,87,99,370 हुने र महगी भत्ता थप्दा ६७,११,१२,०००
    ३. विद्यालय कर्मचारी 27963 जना, हालको तलब 13500 खरदार सरह गर्दा थप्न पर्ने 19402 जम्मा 7052995638 र कसंकोष थप गर्दा 705299563.8 गरी जम्मा 7758295202 र महगी भत्ता थप्दा ६७,११,१२,०००
    ४. प्रा.वि. तृ (१ ग्रेड थप्दा) 50000 जना प्रति शिक्षक ग्रेड 1097 जम्मा १२ महिनाको 713050000 र कसंकोष थप गर्दा 71305000 गरी कुल 784355000 हुन्छ ।
    यी विद्यालय कर्मचारी र प्रा.तृ. को यो वर्ष १ ग्रेड मात्र थप गर्दा रु. 24,64,70,56,587 हुन्छ । यसबाहेक १७ नं. मागमा रहेको प्राविधिक ग्रेड सम्बन्धमा ‍सबै शिक्षकलाई प्राविधिक २ ग्रेड प्रदान गर्दा १५००००x२x१३x औसत ग्रेड रु. १४०० = रु. 5,46,00,00,000 गरी करीब ३० अरब चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *