काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भउको ठहरसहित संसदीय उपसमितिले क्यानका वर्तमान र पूर्वमहानिर्देशकसम्मलाई कारवाही सिफारिस गरेको छ ।
प्रतिनिनिधसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले करिब एक वर्ष अघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको संयोजकत्वमा उपसमिति बनाउको थियो । आइतबार उपसमितिले प्रतिवेदन बुझाएको छ ।
जसमा महानिर्देशक प्रदीप अधिकारीदेखि पूर्वमहानिर्देशकसम्मलाई हदैसम्मको कानूनी कारवाही सिफारिस गरिएको छ ।
उपसमितिले संलग्न अन्य बहालवाला पदाधिकारीलाई तत्काल निलम्बन गरी बहालवाला वा पूर्वपदाधिकारी सबैमाथि शीघ्र छानबिन, अनुसन्धान गरी कानूनबमोजिम हदैसम्मको कारबाही गर्न गराउन अख्तियार तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशनसहित सिफारिस गरेको छ ।
विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुदाँसम्मको नीगित, प्रक्रियागत र कार्यान्वयनमा संलग्न जिम्मेवारी प्राप्त सम्पूर्ण निर्णयकर्ता पदाधिकारी, कर्मचारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई हदैसम्मको कानूनी कारवाही गर्न प्रतिवेदनमार्फत सिफारिस गरिएको छ ।
जसमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखका रूपमा २०७१ देखि ०७४ सम्म र २०७८ माघ १७ देखि अहिलेसम्म नागरिक उड्डयन प्राधिकरणको महानिर्देशको रुपमा रहेका प्रदीप अधिकारी, प्राधिकरणका निर्देशक बाबुराम पौडेल, पूर्वमहानिर्देशक सञ्जीव गौतम (२०७२ देखि ०७६ सम्म), पूर्वमहानिर्देशक राजन पोखरेल (२०७६ देखि ०७८ सम्म) रहेका छन् ।
यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनाकर्मी (२०७४ देखि अहिलेसम्म), राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, इन्जिनियर प्रवीन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेललाई पनि कारवाही सिफारिस गरिएको छ ।


Leave a Reply