शिक्षकहरूलाई राजेन्द्र महतोले भने- कि सरकारविरुद्धको आन्दोलन या त पार्टी संगठन छाड्नुस्

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले शिक्षकहरूको माग पूरा गर्नमा उदासीनता देखाउनुले सरकारको अत्याचार, निरङ्कुशता र दमनकारी चरित्रको उजागर भएको बताएका छन् । उनले शिक्षकहरूको जायज माग तत्काल पूरा गर्न माग गरे ।

उनले भने, ‘उहाँहरूकै सरकार छ र पनि हकहितको निम्ति सङ्घर्ष गर्नुपरेको छ । उहाँहरूकै सरकारले माग पनि सम्बोधन गरिरहेको छैन र उल्टै दमनमा उत्रेको छ । त्यसकारण यस्तो परिस्थितिमा या त उहाँहरूले सरकारको विरुद्धमा आन्दोलन गर्न छोड्नु प¥यो या त अधिकांश शिक्षकहरू आफूहरू आबद्ध रहेको कांग्रेस, एमाले पार्टीको आबद्धता त्याग्नु पर्यो ।’

समाजलाई दिशा निर्देश गर्ने शिक्षकहरूको आन्दोलन माथि तीव्ररूपमा असन्तोष र प्रश्नहरू जनमानसमा उठ्न थाल्नु शिक्षकहरूको लागि चिन्तनको विषय भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *