यथार्थमा आधारित सन्दर्भ नबुझी मूल्यांकन गर्नु अनुचित हुन्छ, हिजोआज सामाजिक सञ्जालमा फैलिएका धेरै सामग्री तोडमोड गरेर सम्पादन गरी प्रस्तुत गरेको देखिन्छ । यो सन्दर्भ हो सुरक्षा पन्तको ‘भाइरल’ बनाइएको क्लिप । अन्तर्वार्ताको क्लिप भाइरल हुनु अघि नै मैले पूरै कार्यक्रम ध्यानपूर्वक हेरेकी थिएँ । उनको अभिनय क्षमता र कार्यकौशलताको आधरमा म सुरक्षालाई मन पराउँछु ।
कार्यक्रमको सुरुवातमै पन्तले प्रकाश सुवेदी शोमा सहभागी हुन किन हिच्किचाएकी थिइन् खुलेरै भनिन् । धैरै पटक कार्यक्रममा सहभागी हुन निम्तो गरिए पनि यसअघि धेरै कलाकारले अनावश्यक विवाद झेल्नुपरेको थियो, र त्यही कारण उनी पनि केही समयसम्म कार्यक्रममा जाने कुरामा शंकालु थिइन् ।
कार्यक्रमको “चिन्नुहुन्छ ?” भन्ने सेग्मेन्टमा जब हृदयेन्द्र शाहको तस्वीर देखाइयो, पन्तले सुरूमा उनलाई “नाति” भनेर सम्बोधन गरिन् र त्यसपछि सच्याउँदै पारस शाहका छोरा भनेर चिनाइन् । उनले आफ्नो भनाइमा कहिल्यै “पूर्वयुवराज” भन्ने शब्द प्रयोग गरेकी थिइनन् र उनको नाम उच्चारण गर्न पनि अलिकति संघर्ष गरेकी देखिन्थिन् । (यहाँ मैले अन्तर्वार्ताको अवस्था यसरी व्याख्या गरेको छु)
त्यसपछि उनले उल्लेख गरिन् कि ह्रिदयेन्द्र शाह युवतीहरूमा निकै लोकप्रिय छन् । त्यस क्रममा कार्यक्रम प्रस्तोता सुवेदीले सोधे- उहाँलाई कुनरूपमा देख्न चाहनुहुन्छ ? जवाफमा पन्तले भनिन् कि- उनी नेपाली फिल्म उद्योगमा आउन सक्छन्, उनी आकर्षक देखिन्छन् र सम्भवतः अभिनय पनि गर्न सक्छन् ।
तर, उनले आफ्नो उत्तर पूरा गर्न नपाउँदै सुवेदीले बीचैमा रोकेर भने- उनले कतै पढेका थिए कि केही नेताहरूले हृदयेन्द्र शाह भविष्यमा राजा बन्न सक्छन् भन्ने धारणा राखेका छन् । यसमा सुरक्षा पन्तले स्पष्ट जवाफ दिइन्- ‘हामीले राजतन्त्रको प्रणाली स्वीकार गरेका छैनौं, त्यसैले म उनलाई राजतन्त्रको प्रतिनिधिको रूपमा हेर्न सक्दिनँ ।’
साथै उनले फिल्म उद्योगमा भने उनको भविष्य देख्न सकिने बताइन् । उनले थप उल्लेख गरिन् कि विगतमा राजपरिवारले खेलकुदमा चासो देखाएको थियो, र सम्भवतः हृदयेन्द्रले खेलकुद क्षेत्रलाई पनि रोज्न सक्ने सम्भावना छ ।
यदि यस्ता कार्यक्रमहरूले वास्तविकता परिमार्जन गरेर वा तोडमोड गरेर मात्र कथा प्रस्तुत गर्छन् भने त्यसले मिडियाप्रतिको विश्वास संकट निम्त्याउँछ । दर्शकहरूलाई जानकारीमूलक, सत्यपरक र जिम्मेवार सामग्री प्रदान गर्नु मिडियाको प्रमुख कर्तव्य हो, चाहे त्यो अनलाइन प्लेटफर्म होस् वा परम्परागत ।
जब सुवेदीले सोधे कि हृदयेन्द्र यदि नेपाली फिल्म उद्योगमा आए भने पन्त नायिकाको रूपमा सँगै अभिनय गर्न चाहन्छिन् कि भनेर, पन्तले शालीनतापूर्वक उत्तर दिइन्- ‘उनी त मभन्दा धेरै जुनियर हुन् ।’ उनले सुझाव दिइन् कि उनी आफ्नै पुस्ताका कलाकारसँग जोडी बनाउन सक्छन्, तर अभिनय आउनैपर्छ, यदि अभिनय नआएमा कसैले पनि उनलाई स्वीकार गर्दैन ।
यो नै कार्यक्रममा हृदयेन्द्र शाह सम्बन्धी पूर्ण र यथार्थ संवाद थियो । तर, गलत प्रचार र विषयको गाम्भीर्यतालाई ध्यान नदिँदा विवादले फेरि पनि नेपाली मिडिया र मिडियाकर्मीको कार्यसम्पादनमा प्रश्न खडा गरेको छ ।
पन्तको पछिल्लो अन्तर्वार्ता विवादपछि एकपटक फेरि नेपाली मिडिया, विशेषगरी सामाजिक सञ्जाल प्लेटफर्महरू (जस्तै टिकटक, युट्यूव) को भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । कलाकार वा सार्वजनिक व्यक्तित्वले दिएको सम्पूर्ण सन्दर्भ नबुझी वा जानाजानी तोडमोड गरेर प्रस्तुत गर्ने प्रवृत्तिले अहिले कलाकारहरूको इमेजमाथि गम्भीर असर पारिरहेको छ ।
पन्तले अन्तर्वार्तामा निकै संयमित, तर्कसंगत र शालीन ढंगले आफ्नो धारणा व्यक्त गरेकी थिइन् । उनले न त कुनै व्यक्तिलाई अपमान गरिन्, न कुनै संस्थालाई बदनाम गर्ने प्रयास गरिन् । तर दुर्भाग्यवश, कार्यक्रमको सम्पूर्ण प्रसंग नबुझी कतिपय युट्यूवर र टिकटकरहरूले उनको भनाइ काटेर सनसनी, खोजजस्तो हेडलाइन र भिडिओ बनाए, जसले गलत सन्देश फैलायो । यस्ता सामग्रीहरूले आम जनमानसमा भ्रम सिर्जना गर्नुका साथै कलाकारको प्रतिष्ठामा गम्भीर चोट पुर्याउँछ ।
विशेषगरी सामाजिक सञ्जालमा ‘क्लिकबेट’ र ‘भाइरल’ हुने प्रतिस्पर्धामा सत्यता र पत्रकारिताको मूल मर्मलाई बेवास्ता गरिँदै आएको छ । कुनै व्यक्तिको आधा भनाइ काटेर, या व्यंग्यात्मक शीर्षक राखेर भिडिओ निर्माण गर्ने प्रवृत्तिले मात्र व्यक्तिगत छवि धूमिल हुँदैन, समाजमा नकारात्मकता र विभाजनसमेत बढाउँछ । सुरक्ष्या पन्त प्रकरण यसको ज्वलन्त उदाहरण बनेको छ ।
स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका मुख्य आधार हुन् । तर, यी स्वतन्त्रताहरू जिम्मेवारीसहित प्रयोग हुनुपर्छ । मिडिया, चाहे परम्परागत होस् वा डिजिटल, त्यसले सूचना दिनुका साथै समाजमा विश्वसनीयता र सद्भाव कायम राख्ने काम गर्नुपर्छ। यदि मिडिया आफैँ अप्रामाणिक र भ्रामक सामग्री उत्पादन गर्न थाल्यो भने, त्यसले लोकतान्त्रिक संरचनामा गम्भीर क्षति पुर्याउन सक्छ ।
त्यसैले, नेपालमा मिडिया निगरानी संयन्त्रलाई अझ मजबुत बनाउनु आवश्यक छ । तथाकथित ‘डिजिटल पत्रकारिता’ वा सामाजिक सञ्जालमार्फत फैलाइने सामग्रीको गुणस्तर मापन गर्न, सही तथ्य जाँच्ने (fact-checking) प्रणाली विकास गर्न, र अनधिकृत तथा भ्रमपूर्ण समाचार फैलाउनेमाथि जिम्मेवारी तोक्नुपर्छ। साथै, डिजिटल साक्षरताको अभिवृद्धि गरी सर्वसाधारणलाई पनि सही र गलत सूचना छुट्याउन सक्षम बनाउनु जरुरी छ ।
सुरक्षा पन्तजस्ता कलाकारहरू जसले आफ्नो प्रतिभा र परिश्रमद्वारा सम्मान कमाएका छन्, उनीहरूको छविलाई संकुचित सोच र सनसनीखेज सामग्रीद्वारा नष्ट गर्नु सामाजिक र नैतिक हिसाबले घातक हो । त्यसैले, मिडियालाई अझ जिम्मेवार, सत्यपरक र सन्तुलित बन्नु अहिलेको आवश्यकता हो। समयमै यस्ता प्रवृत्तिहरूलाई नियन्त्रण नगरे, भविष्यमा स्वतन्त्र अभिव्यक्तिमाथि नै गम्भीर संकट आउन सक्छ ।
पन्तको पछिल्लो अन्तर्वार्ता विवादपछि एकपटक फेरि नेपाली मिडिया, विशेषगरी सामाजिक सञ्जाल प्लेटफर्महरू (जस्तै टिकटक, युट्यूव) को भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । कलाकार वा सार्वजनिक व्यक्तित्वले दिएको सम्पूर्ण सन्दर्भ नबुझी वा जानाजानी तोडमोड गरेर प्रस्तुत गर्ने प्रवृत्तिले अहिले कलाकारहरूको इमेजमाथि गम्भीर असर पारिरहेको छ ।
आजका दिनहरूमा युट्यूवमा यस्ता धेरै कार्यक्रमहरू देखा परेका छन्, जसले पत्रकारिताका आधारभूत मापदण्ड र मिडिया आचारसंहिताको पालना गर्दैनन् । यस्ता कार्यक्रमहरू प्रायः अतिशय चर्को स्वरमा सञ्चालित हुन्छन्, जसले दर्शकहरूलाई कुनै अर्थपूर्ण जानकारी वा सन्देश दिन सक्दैन, तर जानाजानी विवादास्पद सामग्री सिर्जना गरेर ध्यान तान्ने प्रयास गर्छन् ।
आफ्नो उत्तर पूरा गर्न नपाउँदै सुवेदीले बीचैमा रोकेर भने- उनले कतै पढेका थिए कि केही नेताहरूले हृदयेन्द्र शाह भविष्यमा राजा बन्न सक्छन् भन्ने धारणा राखेका छन् । यसमा सुरक्षा पन्तले स्पष्ट जवाफ दिइन्- ‘हामीले राजतन्त्रको प्रणाली स्वीकार गरेका छैनौं, त्यसैले म उनलाई राजतन्त्रको प्रतिनिधिको रूपमा हेर्न सक्दिनँ ।’
धेरै युट्यूव पत्रकारितासम्बन्धी आधारभूत ज्ञान नभएको जस्तो देखिन्छ । प्रश्न सोध्ने कला, सन्दर्भको संवेदनशीलता बुझ्ने क्षमता, र स्रोतको सम्मान गर्ने आधारभूत तत्वहरूको पालना नगर्ने प्रवृत्ति व्यापक देखिएको छ । प्रश्नहरू असंगत, भ्रामक वा अपमानजनक किसिमले सोधिन्छन्, जसले कार्यक्रमको स्तर त घटाउँछ नै, साथसाथै, सम्बन्धित व्यक्तिको छवि र दर्शकहरूको सोचमा पनि गलत प्रभाव पार्छ ।
हो, चलचित्र (फिल्मी) पत्रकारिता मुख्यधारको पत्रकारिताभन्दा केही फरक प्रकृतिको हुन्छ। यसमा केही हल्कापन र मनोरञ्जनात्मक पक्ष समावेश हुन्छ। तर यसको अर्थ यो होइन कि यसले पत्रकारिताका आधारभूत सिद्धान्तहरू- जस्तै तथ्य सत्यापन (fact-checking), निष्पक्षता (impartiality), र सन्दर्भको सही प्रस्तुति (contextual reporting)- को बेवास्ता गर्न सक्छ । कुनै पनि प्रकारको पत्रकारिता, चाहे त्यो हल्का होस् वा गम्भीर,ले सत्य र यथार्थतामा आधारित हुनैपर्छ ।
यदि यस्ता कार्यक्रमहरूले वास्तविकता परिमार्जन गरेर वा तोडमोड गरेर मात्र कथा प्रस्तुत गर्छन् भने त्यसले मिडियाप्रतिको विश्वास संकट निम्त्याउँछ । दर्शकहरूलाई जानकारीमूलक, सत्यपरक र जिम्मेवार सामग्री प्रदान गर्नु मिडियाको प्रमुख कर्तव्य हो, चाहे त्यो अनलाइन प्लेटफर्म होस् वा परम्परागत ।
अतः, अहिलेको आवश्यकता भनेको युट्युब जस्ता डिजिटल प्लेटफर्महरूमा सामग्री निर्माण गर्दा पनि पत्रकारिताको आधारभूत मूल्य र मापदण्डको कडाइका साथ पालना गर्नु हो । विशेषगरी, नयाँ मिडिया व्यवसायीहरूलाई पत्रकारिता आचारसंहिताको शिक्षा र तालिम अनिवार्य गर्नु जरुरी भइसकेको छ, ताकि मिडियाको स्वतन्त्रता र विश्वसनीयता दुवैको रक्षा गर्न सकियोस् ।

Leave a Reply