शिक्षकको हातमा ढुंगा (तस्बिरहरू)

काठमाडौं । २६ औं दिनमा आइपुग्दा शिक्षक आन्दोलन आज तनावग्रस्त बनेको छ । आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दै ढुंगा हानेपछि प्रहरीले बल प्रयोग गर्‍यो ।

सधैँ झैँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गर्‍यो । आन्दोलनकारी शिक्षकहरू सडक पेटीका ढुंगा टिप्दै प्रहरीमाथि प्रहार गरेका छन् । प्रहरीले नियन्त्रण गर्न पानीको फोहरा हानेको छ ।

शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

Comments

One response to “शिक्षकको हातमा ढुंगा (तस्बिरहरू)”

  1. Laxman Thapa Avatar
    Laxman Thapa

    यी ढुंगा टिप्ने पनि शिक्षक(गुरू)? यीनले चेला झन कस्ता कस्ता उत्पादन गरेहोलान्? अहिलेका गालीमा p h d गर्ने यीनकै चेला त होलान नि? जीउंदै मान्छेलाई रिप लेख्ने,मनपरि लेख्ने , सबै यीनकै शिक्षा दिक्षा त होला नि? कठै शिक्षक , समाजका ऐना? लाज पनि लजाएर भाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *