नारायणकाजीको आरोप- कांग्रेस र एमालेले देश अहिले संकटमा धकेले, जनतामाथि घात गर्दैछन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुई ठूला दल कांग्रेस र एमाले मिल्नुको मुख्य कारण भ्रष्टाचारीलाई जोगाउनु हो भन्ने तथ्य पुष्टि भइसकेको दाबी गरेका छन् ।

वाईसीएल नुवाकोटको सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि आफू पनि पर्ने देखेपछि आत्तिएर दुई पार्टी मिलेको जिकिर गरे ।

उनले भने, ‘यो सरकार अहिले भ्रष्ट निरंकुश र षड्यन्त्रमूलक ढंगले सञ्चालन भइरहेको छ । कुलमानलाई हटाउने, त्रिविको भीसी र शिक्षामन्त्रीलाई राजीनामा गर्नुपर्ने बाध्यतामा पुर्‍याउने कुरादेखि सबै कुरा दलाल र आफ्ना एसम्यानलाई प्रोत्साहित गर्नेबाहेक केही काम गरेको छैन ।’

कांग्रेस र एमालेले यथास्थितिवादी प्रवृत्ति देखाएकै कारणले देश अहिले संकटमा रहेको नेता श्रेष्ठले बताए ।

उनले ओली सरकारले जनविरोधी काम गरेकै कारणले प्रतिगमनको खतरा बढेको जिकिर गरे ।

नेता श्रेष्ठले कांग्रेस र एमाले संविधान संशोधनको एजेण्डामा मिलेका होइनन् भन्ने पुष्टि भइरहेको पनि सुनाए । प्रधानमन्त्री ओलीले २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु जनतामाथिको घात भएको बताए ।

Comments

One response to “नारायणकाजीको आरोप- कांग्रेस र एमालेले देश अहिले संकटमा धकेले, जनतामाथि घात गर्दैछन्”

  1. ksp pyl Avatar
    ksp pyl

    चुप लाग देश बेचुवा सुन तस्करहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *