नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्छ: परराष्ट्रमन्त्री राणा

काठमाडौं । जम्मु-कश्मीरको पहलगाममा आतङ्ककारी हमलामा परी ज्यान गुमाएका एक नेपालीसहित २६ निर्दोष नागरिकको सम्झनामा काठमाडौंस्थित भारतीय दूतावासले श्रद्धाञ्जली सभा गरेको छ ।

दूतावासमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार नेपालको अडान र दूतावाससँग निरन्तर समन्वयलाई अझ दृढ बनाउन केन्द्रित रहेको बताइन् । नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्ने उनले बताइन् ।

भारत र नेपालका उच्चस्तरीय प्रतिनिधि तथा राजनीतिक नेताहरू उपस्थित सभामा भारतीय राजदूत नवीन श्रीवास्तवले भने, ‘हाम्रो साझा प्रतिबद्धता शान्ति र सहअस्तित्वको मार्ग यस्ता क्रूरतापूर्ण घटनाले कमजोर पार्न सक्दैन । हामी दुबै देश मिलेर आतंकवादलाई रोकेर आमनागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्नेछौं ।’

कार्यक्रममा कांग्रेसबाट नेता शेखर कोइराला, एनपी साउद, राजेन्द्र बजगाईं सहभागी थिए । लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित सुरक्षा र कानूनी मामिलाका वरिष्ठ अधिकारीहरू र अन्य प्रतिष्ठित व्यक्तित्व पनि उपस्थित थिए ।

कार्यक्रममा सहभागीहरुले पाकिस्तानी सेना प्रमुखको अभिव्यक्ति आतंकवाद उक्साउने र क्षेत्रीय तनाव बढाउनेमात्र होइन, आतंकवादलाई पनि प्रोत्साहन गर्ने खालको रहेको भन्दै चिन्ता व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *