आन्दोलनरत शिक्षकलाई वार्तामा आउन शिक्षामन्त्रीको आग्रह

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन फेरि आह्वान गरेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले निरन्तर सञ्चालन गरिरहेका ध्यानाकर्षण कार्यक्रमप्रति सरकार गम्भीर रहेको बताउँदै मन्त्रालयले यथाशीघ्र संवादमा आउन महासंघलाई आह्वान गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले महासंघलाई औपचारिक रुपमा संवादमा आउन अनुरोध गर्दै भनेका छन्, ‘विधेयक शिक्षक प्रतिनिधिहरूसँगको परामर्शमै तयार गरिएको हो। समाधान संवादबाटै खोज्नुपर्छ।’

शिक्षा मन्त्री रघुजी पन्तले समेत प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूको चासोप्रति सरकार संवेदनशील रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘विधेयक संसदमा छलफल हुँदैछ, कानुनी प्रक्रिया अनुसार अघि बढ्छ। तर शिक्षकसँग निरन्तर संवाद गरिन्छ।’

महासंघको औपचारिक प्रतिक्रिया अहिलेसम्म आएको छैन । संसदको अधिवेशन आजबाट सुरु भएको छ । यहि अधिवेशनबाट विधेयक पारित गराउने प्रतिबद्धता सरकारले गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *