सगरमाथा आरोहणको तयारीका रुपमा असई कुन्जाङ छोपेलले चढिन् लोबुचे हिमाल (भिडिओ)

काठमाडौं । प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पाले लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेकी छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित जान लागेकी असई शेर्पाले लोबुचेको सफल आरोहण गरेको भन्दै महानिरीक्षक दिपक थापा तथा प्रहरीले परिवारले उनलाई बधाई दिएको छ ।

त्यस्तै, सगरमाथाको सपल आरोहणको लागि शुभकामना पनि व्यक्त गरिएको छ ।

उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत छिन् ।

चैत २५ गते हेडक्वार्टरमा आयोजित एक कार्यक्रमबीच आईजीपी थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारा अंकित ब्यानर हस्तान्तरण गरेर बिदाई गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *