प्रहरी वृत्त मालिगाउँका डीएसपी सुनिलजंग शाह चैत महिनाको ‘पुलिस अफ द मन्थ’

काठमाडौं । महानगरीय प्रहरी वृत्त मालिगाउँका प्रमुख समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिलजंग शाह २०८१ साल चैत महिनाको ‘पुलिस अफ द मन्थ’ भएका छन् ।

अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान दिएको र प्रहरी संगठनको गरिमा एंव श्रीवृद्दिमा शाहले अतुलनीय योगदान पुर्याएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले शाहलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।

प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्दिमा पुयाएको योगदानको उच्च कदर गर्दै २०८१ चैत्र महिनाको ‘पुलिस अफ द मन्थ’ को रुपमा सम्मान गरिएको परिसरका प्रमुख समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *