काठमाडौं । नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा हुदाँ काठमाडौं उपत्यकाका ८ वटा प्रहरी वृतका इञ्चार्ज पनि फेरिएका छन् । एकजना महिला डीएसीलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
प्रहरी वृत्त सातदोबाटो ललितपुरमा चित्रबहादुर भट्टराईलाई सरुवा गरेर रामकुमार यादवलाई पठाइएको छ । बालाजुमा दानबहादुर थापाको ठाउँमा ज्ञानबहादुर विष्टलाई पठाइएको छ ।
यस्तै प्रहरी वृत ठिमी भक्तपुरका इञ्चार्ज प्रेमसागर केसीको ठाउँमा नवराज ढुंगानालाई पठाइएको छ । नयाँ बानेश्वरका वीरेन्द्र गोदारलाई सरुवा गरेर हरि खतिवडालाई पठाइएको छ । खतिवडा प्रहरी परिसर काठमाडौं र ढुंगाना अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएका हुन् ।
प्रहरी वृत कीर्तिपुरका इञ्चार्ज भवनेश्वरप्रसाद साहको ठाउँमा राजबाबु महर्जन, कालिमाटीमा रुपक खड्काको ठाउँमा मधुकुमार थापा खटाइएका छन् ।
थानकोटमा सूर्यप्रकाश सुवेदीको ठाउँमा एलिजा गिरीलाई पठाइएको छ । त्यस्तै चापागाउँ ललितपुरमा डिलबहादुर मल्ललाई सरुवा गरेर यमकुमार श्रेष्ठलाई पठाइएको छ ।

Leave a Reply