आन्दाेलनरत शिक्षकहरुले सडकमै गरे रक्तदान (तस्बिरहरु)

काठमाडौं । आन्दोलनरत शिक्षकहरुले आज सडकमै  खुल्ला रक्तदान गरेका छन् । नेपाल शिक्षक महासंघको आव्ह्रानमा आन्दोलनरत शिक्षकहरुले रक्तदान गरेका हुन् ।

महासंघले आज आन्दोलनको २३ औं दिनमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । आन्दोलनमा सहभागी शिक्षकहरुले स्वतस्फूर्त रुपमा रक्तदान गरेका थिए ।

सडकमै रक्तदानको कार्यक्रम आयोजना गरेको महासंघले यसलाई सांकेतिक विरोधको रुपमा लिएको जनाएको छ । विद्यालय शिक्षा ऐनको माग गर्दै महासंघको आवहनमा देशभरका शिक्षकहरु २३ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेका छन् ।

उनीहरुले आन्दोलनलाई रचात्मक तरिका चर्काउँदै छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *