अन्त्येष्टिका लागि त्रिवेणी लगियो सुदिपको शव

रुपन्देही । आतंकवादी हमलामा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ ।

मङ्गलवार छिमेकी मुलुक भारतको काश्मिरमा आतंकवादीको आक्रमणमा उनको मृत्यु भएको थियो ।

उनी आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि शनिवार काश्मिर गएका थिए ।

आतंककारीहरूले त्यहाँ पुगेका पर्यटकलाई एकैपटक घेराउ गरेर मुस्लिम र हिन्दुको कित्ता छुट्टाउन चेतावनी दिएका थिए ।

सुदिपका आमा, बहिनी र ज्वाइँ ज्यान जोखिम देखेर मुस्लिम भन्दै टाउको हल्लाएर बसे तर उनले अस्वीकार गरेर हिन्दु भएको बताएपछि ताकेर गोली हानेका थिए ।

सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *