विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र तलब निकासा गर्ने हरिनास गाउँपालिकाको निर्णय

पोखरा । स्याङ्जाको हरिनास गाउँपालिकाले विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र शिक्षकको तलब निकासा गर्ने गरेको छ ।

शिक्षकहरु विभिन्न माग राख्दै आन्दोलनमा रहदा विद्यालय बन्द रहेको र पढाई भएको दिनदेखिको मात्रै तलव निकासा गर्ने गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए । सोहिबमोजिम उनले विद्यालयलाई पत्राचार गरेका छन् ।

‘…हरिनास गाउँपालिकाभरका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा वाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलव निकासा हुने सम्पूर्णमा अनुरोध छ,’ पत्राचारमा उल्लेख छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *