गगन थापाको आग्रह- निजामती विधेयक अगाडि बढेको छ, आन्दोलन स्थगित गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारी ट्रेड युनियनलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विधेयक अघि बढेको भन्दै आन्दोलन रोक्न आग्रह गरेका हुन्।

उनले भने, ‘निजामती विधेयक अगाडि बढेको छ। एकपटक प्रतिवेदन अध्ययन गरेर पास गरौं भन्ने कुरा आएको छ। सरकार भनेको सबैले मिलेर चलाउने होे। काम सुस्त भइरहेको बेलामा दबाब दिने भन्ने कुरा स्वभाविक हो। बसेर छलफल गरेर टुंग्याउँदै गर्दा यसलाई सकारात्मक रुपमा लिएर त्यसलाई टुंग्याउने वातावरण बनाउन सबैले मद्दत गर्नुपर्छ।’

उनले राजनीतिक दलहरुको पनि बेग्लाबेग्लै धारणा हुनसक्ने भएकाले विधेयक टुंग्याइरहेका बेला आन्दोलन अगाडि नबढाउन आग्रह गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *