पत्रकारका नाममा मास्क लगाएर मेयरमाथि गुण्डागर्दी गरिएको आठबिस नगरपालिकाको दाबी

काठमाडौं । दैलेखको आठबिस नगरपालिकाले पत्रकारका नाममा मास्क लगाएर मेयरमाथि गुण्डागर्दी गरेको दाबी गरेको छ ।

आइतबार मेयर तर्क बहादुर बडुवालको कार्यकक्षमा न्यूज ७ टेलिभिजन धनगढी ब्यूरो संयोजक गजेन्द्र सिंह र प्रबन्धक आलोक साँवदले बिना अनुमति मुखमा मास्क लगाएर गुण्डागर्दी शैलीमा अन्तरवार्ता लिएको धाक धम्की दिएको नगपालिकाले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाहीले उनीहरुले ‘हामी पत्रका हौं जे पनि गर्न सक्छौं’ भन्दै धम्की दिएको विज्ञप्तिमा जनाएका छन् ।

लुकिछिपी भिडिओ बनाइ फेसबुकलगायतका सामाजिक सञ्जालमा हालेर भाइरल हुने प्रवृत्तिको नगरपालिकाले खण्डन गर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

यता न्युज सेभेन टेलिभिजन प्रशासनले भने समाचार फलोअप रिपोर्टिङ गर्न गएका बेला आफूहरूमाथि दुर्व्यवहार भएको दाबी गरेको छ ।

नगरपालिका कार्यालयमा भएको दुर्व्यवहारबारे दैलेखका प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराइएको र घटनाबारे छानबिनको माग गरिएको टेलिभिजनका प्रबन्धक आलोकजंग साउदले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *