रामेछापको रजगाउँमा करेन्ट लागेर एक युवकको मृत्यु

रामेछाप । रामेछापको खाँडोदेवी गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

शनिवार साँझ खाँडादेवी गाउँपालिका-४ को रजगाउँ स्थित तामाकोशीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा रामेछापकै लिखु तामाकोशी गाउँपालिका-५ का अन्दाजी २२ वर्षीय मणिराज तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवका अनुसार करेन्ट लागेर तामाङको घटनास्थलमा नै ज्यान गएको थियो ।

‘टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो, मृतकको शव पोस्टमार्टम लागि मन्थली अस्पतालमा राखिएको छ’, यादवले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *