काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बोल्न, हिँड्न सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रविरुद्ध प्रतिकात्मक शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताएका छन् ।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले त्यस्तो भनेका हुन् ।
उनले यस्तो लेखेका छन्,
‘आज राप्रपाले गर्ने प्रदर्शन भनेको… भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ। वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौँ भनेरै गर्छौँ। सरकारले नडराए हुन्छ।’

Leave a Reply