हरिबोल गजुरेल भन्छन्- कांग्रेसले सरकारको नेतृत्व गरे माओवादीले सघाउँछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले देश असफल बनाउन केन्द्रित रहेको भन्दै कांग्रेसले सरकारको नेतृत्व गरे माओवादीले समर्थन गर्ने बताएका छन्।

नेकपा माओवादीको झापाको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै देश आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक हिसाबले असफल बन्ने खतरामा पुगेको बताए।

उनले भने, ‘कांग्रेस जिम्मेवार बनेर सरकारको नेतृत्व गरे माओवादीले समर्थन गर्छ। अहिले देश असफल बनाउन केपी ओली प्रवृत्ति जिम्मेवार छ। त्यसैले अहिले देश आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक हिसाबले असफल बन्दैछ। देश बचाउने जिम्मा कांग्रेसले लिए हामी साथ दिन तयार छौँ।’

उनले पार्टीप्रति जनताको विश्वास बढेको दाबी गरे।

Comments

2 responses to “हरिबोल गजुरेल भन्छन्- कांग्रेसले सरकारको नेतृत्व गरे माओवादीले सघाउँछ”

  1. राम बहादुर गुरुङ Avatar
    राम बहादुर गुरुङ

    थुक्क पाजीहरु, अस्थिरताको मलजल गर्नेहरु। दैवले पनि किन हेरेनन् यिनीहरूलाई।

  2. Nepali kanxo Avatar
    Nepali kanxo

    Lau na a sarkar. Janata. Yo maobadi vanne jangali haru lai govt. Ma 2-4 seat dina paro. Pani bina ka fish jasto vayara karai ra xan. Khana napayara.

Leave a Reply

Your email address will not be published. Required fields are marked *