तल्लो सगरमाथा क्षेत्रको पर्यटनमा चहलपहल बढाउन खिजिदेम्बा पिके यात्रा हुँदै

काठमाडौं । खुम्बुको सगरमाथाको तल्लो क्षेत्रको पर्यटकीय चहलपहल बढाउन खिजिदेम्बा पिके यात्रा महोत्सव हुने भएको छ ।

‘टूर दे खिजिदेम्बा पिके २०२५’ नाम दिइएको महोत्सव मे १ बाट मे ४ सम्म हुने भएको छ । ओखलढुङ्गा पर्यटन विकास समितिको अगुवाइमा हुन लागेको कार्यक्रममा नेपालका सय गन्तव्य समावेश गरिएका गन्तव्यहरू हुँदै यात्रा गरिनेछ ।

काठमाडौंबाट बसमा खिजिदेम्बा गएर सुरु हुने चार दिने कार्यक्रममा पिके चुचुरा चढेर उत्कर्षमा पुग्नेछ ।

बाइकिङ र क्लाइम्बिङ अतिन ट्रेकिङ प्याकेज मिसाएर कार्यक्रम बनाइएको आयोजकले बताएको छ जसमा सहभागीहरूले प्रति व्यक्ति ३५०० रकम तिरेर सहभागितामा जनाउन सक्नेछन् । यो शुल्कमा सबै यात्रा प्याकेज र खानपान अटाउनेछ ।

ओखलढुङ्गा पर्यटन विकास समितिले आयोजना गरेको कार्यक्रमको प्रयोजन खिजिदेम्बा गाउँपालिका रहेको समितिका अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य ङावा निमा शेर्पाले बताए ।

समितिले यस अगाडि ४२ किलोमिटर दूरीको म्याराथन पाँच संस्करणमा गरेर उक्त क्षेत्रको पर्यटन प्रवर्द्धन गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *