शंकर पोखरेलको टिप्पणी- माओवादीको १० वर्षे हिंसाले देश बनाउने वातावरण बनेन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीको १० वर्षे हिंसाको कारणले देश विकासमा पछि परेको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै माओवादी हिंसाले १० वर्ष देश आक्रान्त बनेको स्मरण गरे ।

उनले भने, ‘०५२ सालदेखि सुरु भएको माओवादी द्वन्द्वले गर्दा के देश विकासमा काम गर्ने वातावरण बन्यो त ? दश वर्षसम्म हिंसाको राजनीतिले नेपाली समाजलाई आक्रान्त बन्यो । त्यो अवस्थामा देश बनाउने वातावरण नै बनेन । त्यो समय माओवादी हिंसाको सिकार राजावादी कही भएनन् । उनीहरुको प्रहार राजनीतिक दलका नेता कार्यकर्ता मात्रै भए । त्यो समयको माग नेपालको राजनीतिक दलहरुलाई बोकाउन मिल्दछ? मिल्दैन । जब शान्ति प्रक्रिया भएपछि ठाउँ ठाउँमा नाराजुलुस र हड्ताल भए एक दिनमा २२÷२५ दिनसम्म बन्द भए त्यस्तो अवस्थामा देश बन्न सक्दैन ।’

उनले संविधान बनेपछि केपी ओली नेतृत्वको सरकार बनेपछि मात्रै मुलुकले विकासको यात्रा अगाडि बढेको जिकिर गरे ।

Comments

One response to “शंकर पोखरेलको टिप्पणी- माओवादीको १० वर्षे हिंसाले देश बनाउने वातावरण बनेन”

  1. gn Avatar
    gn

    तिम्रो शब्दमा माओवादीकै हिसाको जगमा आएको गणतन्त्रको स्वाद कहिले श्रीमतिको नाम त कहिले आफनै नाम ह्रसुरन समेत हसुरेर अहिले विकास भएन भन्न नै लाज मान्नु पर्ने हो । माओवादी युद्ध नभएको भए तिम्रो हालत के हुन्थयो कल्पना गरेका छौ ? ०६१।६२ सालतिरको ७ दलको हालत सबैलाई थाहा छ । ज्ञानेन्द्रले लात हान्दा ७ दलका १० जना जति रत्नपार्कमा रोइलो गरेको विर्सेछन क्यारे महासचिवले ।
    १० वर्षको द्धन्द्धले विकास भएन र मान्न सकियो तर शान्ति प्रक्रियमा आएकै २० वर्ष भन्दा धेरै भयो । विकास गर्न के ले रोकेको थियो । यो दुइदशकको अबधीमा पटक पटक सरकारमा भएको एमालेलाई विकास गर्न के ले रोकेछ । भ्रम पनि अतिभ्रम त न फयाक्मन हो महासचिबज्यू, पदीय मर्यादालाई पनि ख्याल राख्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *