नेपाल ल क्याम्पसमा एमाले र माओवादीका विद्यार्थीको गठबन्धन, समिर रिजाल सभापति उम्मेदवार

काठमाडौं । नेपाल ल क्याम्पसमा वैशाख ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल क्रान्तिकारीले गठबन्धन गरेका छन् ।

अखिल संयुक्त गठबन्धनबाट सभापतिमा अनेरास्ववियुका समिर रिजाल उम्मेदवार तय भएका छन् । त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका ओमप्रकाश सुनार उम्मेदवार बनेका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुका आशुतोष कुमार उम्मेदवार बनेका छन् ।

यसअघि भएको निर्वाचनमा नेपाल ल क्याम्पसमा नेविसंघसँगको गठबन्धनबाट अखिल क्रान्तिकारीले सभापति जितेको थियो । अन्य पदमा अनेरास्ववियुले जित निकालेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *