काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले राम्ररी अघि बढेको भन्दै कांग्रेसका केही नेताहरूले सरकारमाथि लगातार गरिरहेको आलोचनाको जवाफ फर्काएका छन् ।
सरकारको कामकारवाहीलाई लिएर महामन्त्री गगनथापालगायतका कांग्रेस नेताले गरिरहेको टिप्पणीबारे पत्रकारको जिज्ञासामा उनले तथ्य-तथ्यांकमा हेर्न सुझाव दिए ।
बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठकपछि लेखकले पछिल्लो समय आर्थिक सूचकांक सुधारतिर गएको बताए । सरकारको सेवा प्रवाहमा पनि सुधार भएको उनको जिकिर छ ।
‘नेताहरू आ-आफ्नो ढंगले बोल्नुहुन्छ त्यसमा टिप्पणी मेरो केही छैन । पछिल्लो समय आर्थिक सूचकांक सुधारतिर गएको छ । सेवा प्रवाहमा पनि सुधार भएको छ’, लेखकले भने, ‘परिणामले देखाएको छ- राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ । तथ्य र तथ्यांक हेरौं भाषणमा मात्र टिप्पणी गरेर हुँदैन ।’
सरकार ढल्ने भन्दै बाहिर आएका कुरा असत्य रहेको उनको भनाइ छ ।

Leave a Reply