कैलाली । चिसापानी-मंगलसेन सडकखण्डको १६ कि.मि.सडक स्तरोन्नतिको लागि प्रक्रिया अगाडि बढेको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका ३ र मोहन्याल गाउँपालिका,७ मा पर्ने उक्त सडकखण्डमा पर्ने राष्ट्रिय बनको जग्गा प्रयोग र जग्गामा रहेका रुख हटाउन वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभाग (भू–वातावरण तथा सामाजिक शाखा) बीच सम्झौता गरिएको हो ।
राष्ट्रिय बनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न सो जग्गामा रहेका विभिन्न जातका ४७२ वटा रुख गोल हटाउन मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जानकारी दिएको छ ।
वन ऐन २०७६, वन नियमावली, २०७९ मा रही दुवै पक्षबीच सम्झौता गरिएको हो । सम्झौतामा वन क्षेत्रमा रहेका रुख/पोलहरु हटाउन दुवै पक्ष सहमती भएका छ ।
वन ऐन, २०७६ दफा ४२ को उपदफा (१) बमोजिम राष्ट्रिय बनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न जातका ४७२ वटा रुख गोल हटाउन स्वीकृति दिने भनी मन्त्रिपरिषदले निर्णय गरेको थियो ।
वन ऐन, २०७६ दफा ४२ को उपदफा ९१० बमोजिम राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा प्रयोग गर्न र त्यो जग्गामा रहेका विभिन्न जातका ४७२ वटा रूख काट्न स्वीकृति दिने भनी नेपाल सरकार मन्त्रिपरिषद् बैठकले २०८० पुस २४ मा निर्णय गरेको थियो ।
त्यसपछि वन तथा भू–संरक्षण विभाग, वन संरक्षण शाखाले डिभिजन वन कार्यालय, पहलमानपुर, कैलालीलाई सम्झौता पत्र पत्राचार गर्दै वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सिंहदरबार र सडक विभाग (भू–वातावरण तथा समाजिक शाखा) बबरमहललाई समेत वोधार्थ दिइसकेको छ।
योभन्दा पहिले संघीय सरकारले ७.२ किलोमिटर ठेक्का सदर गरे पनि रूख कटानको आदेश नभएकाले सडक स्तरोन्नतिको कार्य अघि बढ्न सकेको थिएन ।
चालू आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारले सडकखण्ड स्तरोन्नतिका लागि मोहन्याल गाउँपालिकामा वडा नं ७ मा पर्ने बादेखोलामा मोटरपुल निर्माणका लागि २१ करोड ७३ लाख, साघुरे खोलामा मोटरपुल निर्माणका लागि १९ करोड ४४ लाख र चिसापानी सोल्टा सडक स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजित गरेको मुख्यमन्त्री कमल बहादुर शाहले बताए । गौरवको आयोजना अन्तरगत यो सडक खण्ड निर्माणमा क्रमागत रूपमा बजेट आउने छ ।


Leave a Reply