काठमाडौं । फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा सहभागी भएर स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । प्रतियोगितामा नेपालले चार स्वर्ण, तीन रजत र दुई कांस्य पदक जितेको थियो ।
उनीहरूको स्वागतको लागी बक्सिङ संघका पदाधिकारीहरू विमानस्थल पुगेका थिए ।
भुटानको थिम्पुमा सम्पन्न प्रतियोगितामा महिला ५० केजी तौल समूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५-० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५-० अंकले आधारमा हराउँदै नेपाललाई दोस्रो स्वर्ण दिलाइन् ।
त्यसैगरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४-१ अंकको पछि पार्दै स्वर्ण जितिन् भने पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्किम) का कृष्ण कैलाश राईलाई ५-० अंकको हराउँदै स्वर्ण जिते ।
यस्तै पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका प्रतिस्पर्धात्मक खेलमा दोर्जे मगरसंग ४-१ अंकले पराजित हुँदै दोस्रो भए ।
पुरुष ५४ केजीमा चन्द्रबहादुर थापा बंगलादेशका महोमद उन्सोवसँग फाइनलमा ३-२ अंक प्राप्त गरी रजत जिते । महिला ४८ केजीमा रमिशा श्रेष्ठले र बक्समान्डुबाट सहभागिता जनाएका छिरिङ वाङ्दी शेर्पा पुरुष ६० केजीमा कांस्य पदक जिते ।
भुटान बक्सिङं संघको निमन्त्रणामा प्रतियोगिता खेल चैत्र २९ देखी ३१ सम्म सञ्चालक गरिएको थियो । खेलमा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ राष्ट्र सहभागी थिए । यो नेपालको दोस्रो सहभागिता हो ।

Leave a Reply