डीपी भन्छन्- रविमाथि साँधिएको प्रतिशोध नयाँ सोचमाथिकै घातक प्रहार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले गएका वर्षहरूमा नेपाली नागरिकले राजनीतिक स्थायित्व, सुशासन र पारदर्शिताप्रति देखाएको भरोसा र आकांक्षालाई गम्भीररूपमा लिएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा शूभकामना दिँदै उनले पुराना राजनीतिक प्रवृत्तिहरूले नागरिकलाई थकित र निराश बनाएको यो बेला नयाँ सोच, संस्कार र शैलीको राजनीति आवश्यकता थप महसुस भएको बताए ।

नागरिकको आवाजलाई राजनीतिको केन्द्रमा राख्दै रास्वपा भ्रष्टाचारविरुद्धको कठोर अडान, सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता तथा नवप्रवर्तनमूलक सोचमार्फत् राष्ट्र निर्माणमा सशक्त भूमिका खेल्न दृढ रहेको उल्लेख छ ।

उनले भनेका छन्, ‘राजनीतिको पुरातन सोचविरुद्ध नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रुपमा बढाइएको घेराबन्दी र राजनीतिक स्वार्थका आधारमा रास्वपाको मूल नेतृत्वविरुद्ध साँधिएको प्रतिशोध एउटा दल र नेताप्रति गरिएको कुकर्म मात्र होइन, समग्र देशको रुपान्तरण गर्ने नयाँ सोच र प्रतिबद्धता माथिकै घातक प्रहार हो । र, यस प्रहारविरुद्ध न्यायप्रेमी नागरिकले सुरु गर्नुभएको प्रतिवादको सम्मान गर्दछौं ।’

राजनीति सिर्जित अराजकता, स्वेच्छाचारी शासन-सत्ता, जनसमस्या पहिचान र समाधानमा निरन्तर बेवास्ता जस्ता कारण नागरिकमा बढेको निराशा आक्रोशमा बदलिने खतरामा सचेत र गम्भीर हुनुपर्ने सरकार र पुरातन राजनीतिक नेतृत्व आत्मालोचनासहित कमजोरी स्वीकार्नभन्दा विपक्षी विचार र दललाई प्रहार गर्न उद्दत रहेको उनको आरोप छ ।

उनले भनेका छन्, ‘रास्वपा, यस प्रकारको अतिवादी हठ त्यागेर राजनीतिक समस्याको समाधान सहमति र संवादमार्फत् खोज्न तथा नागरिकका स्वभाविक चासो, चिन्ता र सरोकारलाई बेलैमा सम्बोधन गर्न अनुरोध गर्दछ ।’

Comments

2 responses to “डीपी भन्छन्- रविमाथि साँधिएको प्रतिशोध नयाँ सोचमाथिकै घातक प्रहार”

  1. ksp pyl Avatar
    ksp pyl

    सरकारले त प्रतिशोध साँध्यो रे ल ।अदालतले चाहिँ किन नछोडेको त ?

  2. Nepali kanxo Avatar
    Nepali kanxo

    Bhai. Poltics garna anna khanu parxa. Ghas hoina. Purana khatam vaya vanera aaka timi haru din ko 4 palta ghar khanxau. Vutro ko pratisodh?? Purana haru ta din ko 2 palta matra ghas khanxan. Yati buja timi haru purana le kamako khako lako gadi chdeko dekhera aaka hau. Janata lai tha xa. Court le kaile pani true & evidence naheri navai nadekhi judge gardain. 100% be sure

Leave a Reply

Your email address will not be published. Required fields are marked *