जनप्रदर्शनमा भएका हिंसा, आगजनी र तोडफोडप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त (भिडिओ)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा भएको हिंसा र तोडफोडप्रति दु:ख व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिने क्रममा उनले पहिलोपटक यो विषयमा सार्वजनिक टिप्पणी गरेका हुन् ।

‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको पूर्वराजाले बताएका छन् । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्ने उनको सुझाव छ ।

भिडिओ सन्देशमा उनले भनेका छन्, ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जुनप्रकारको मानवीय र भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुख लाग्यो ।’

नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद नहुने भन्दै शाहले बताएका छन् ।

‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो, जनगुनासो वा गुनगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देशको भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ, त्यसलाई हामीले सकारात्मकरुपमा लिएका छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *