काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार सुशासन र स्थिरताको लागि बनेको बताएका छन् । उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै अहिलेको सरकारको मुख्य एजेण्डा नै सुशासन र विकास भएको बताए ।
उनले भने, ‘अस्थिरताको अन्त्य, स्थिरता र स्थायित्व र सरकारका नीतिहरु छिनछिनमा बदलिने, व्यवसायी क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, एउटा सरकारको ठाउँमा अर्को सरकार बन्ने र अघिल्लो सरकारले ल्याएका राम्रा कामहरु पनि उच्चारण समेत गर्न नहुने जस्ता कुराहरूलाई अन्त्य गर्नको लागि यो सरकार बनेको हो ।’
सरकारलाई काम गर्न बाध्य बनाउनको लागि कुनै आन्दोलन गर्न नपर्ने बताए ।

Leave a Reply