सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा पाँच हजार ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला  एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला  एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०० पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *