कोटेश्वरको ट्राफिक लाइट फुटाएर जडिबुटीमा आगजनी गर्ने सिन्धुपाल्चोकका कुमार तामाङ पक्राउ (भिडिओ)

काठमाडौं । चैत १५ गतेको राजावादीहरुको प्रदर्शनका क्रममा जडिबुटी चोकको ट्राफिक लाईट फुटाउने र जडिबुटीको प्रशोधन केन्द्रको भवनमा आगो लगाउने मुख्य व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन् । तामाङ बाह्रबिसे नगरपालिका ९ राम्चेका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । रा

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुद्वारा तामाङलाई गिरफ्तार गरेको हो ।

यसअघि प्रहरीले भाटभटेनीमा लुटपाट गर्नेदेखि तीनकुनेमा आगो लगाउने सम्मलाई पक्राउ गरिसकेको छ ।

 

Comments

3 responses to “कोटेश्वरको ट्राफिक लाइट फुटाएर जडिबुटीमा आगजनी गर्ने सिन्धुपाल्चोकका कुमार तामाङ पक्राउ (भिडिओ)”

  1. MR. LAMA Avatar
    MR. LAMA

    thikka paryo sale chor harami laai yeslaai sarbajanik kesh halnu parchha jathabhabi garne laai

  2. RK Avatar
    RK

    १/ २ भाटा हान्न पाए हुने । बरु १००० खर्च गर्ने थिए !

  3. RK Avatar
    RK

    १/ २ भाटा हान्न पाए हुने । बरु १००० खर्च गर्ने थिए !

Leave a Reply

Your email address will not be published. Required fields are marked *