काठमाडौं । विद्युत प्राधिकरणबाट निकालिएका कुलमान घिसिङको समर्थनमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । कुलमानलाई पुनर्वहाली गर्नुपर्ने उनीहरूको माग छ ।

घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्नेलगायतका माग राख्दै समर्थकहरू सडकमा आएका छन् । समर्थकहरूले कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, उज्यालो नेपालका नायक, कर्मचारी संयन्त्रमाथिको बेथिति बन्द गरजस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए ।

तस्बिरहरू : उमेश कार्की ।

Leave a Reply