मुख्यमन्त्री आचार्यद्वारा अर्घाखाँची दुर्घटनाका पीडित परिवारसँग भेट

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा भएको जिप दुर्घटनाका मृतकका परिवारलाई भेट गरी समवेदना दिएका छन् । अर्घाखाँची जिल्ला अस्पतालमा पुगेर मृतक परिवारका सदस्यसँग भेट र घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै उनले उपचारलाई प्रभावकारी बनाउन सुझाए ।

लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई करिब २५० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको जिप दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई सन्धिखर्क अस्पताल लगिएकोमा बिहान ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मुख्यमन्त्री आचार्यले सडक दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *