भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टर्स क्लबसम्म (सूचीसहित)

काठमाडौं । समाज कल्याण परिषद्को स्वामित्व रहेको काठमाडौंको भृकुटीमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत भाडा नतिर्नेहरु ५१ संस्था र व्यक्ति नाम सार्वजनिक भएको छ ।

समाज कल्याण परिषद्ले २०८१ चैत २१ गते दैनिक पत्रिकामा ३५ दिने सूचना जारी गर्दै ५१ संस्थाको सूची सार्वजनिक गरेको हो । सूचीमा नेपाल पर्यटन बोर्डदेखि चर्चित पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लबसम्म छन् । बोर्डको १ करोड ६७ लाख बढी बक्यौता छ । क्लबको मात्रै ४६ लाख ५८ हजार ६४९ रूपैयाँ बक्यौता तिर्न बाँकी देखिन्छ ।

परिषद्को भृकुटीमण्डप व्यवस्थापन विभागले ५१ संस्था/व्यक्ति/व्यवसायीहरुको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखादेखि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको नामसमेत छ ।

पटकपटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेको विभागले जनाएको छ । तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानूनबमोजिम असुलउपर गरिने विभागले चेतावनी दिएको छ ।

 

Comments

One response to “भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टर्स क्लबसम्म (सूचीसहित)”

  1. ksp pyl Avatar
    ksp pyl

    अनि यो धमला चाहिँ अरूको बदख्याई गर्दै किन हिडछ ? सम्पत्ति रोक्का गरेर उठाउ । पत्रकार भन्दैमा नडराउ । त्याहाबाट गलहत्याउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *