राजधानीमा शनिबार पनि शिक्षकहरुको प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुले काठमाडौंमा प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा शनिबार पनि प्रदर्शन गरेका हुन् ।

काठमाडौं केन्द्रित आन्दोलन गरेको महासंघले आफ्नो एकसूत्रीय माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएकोे छ । सदनको हिउँदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन सुरु गरेको हो ।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । वार्ताका लागि सरकारले महासंघलाई पत्र पठाए पनि उनीहरुले वार्तालाई अस्वीकार गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *