काठमाडौं । दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहरी विकास मन्त्रालयका नायव सुब्बा पशुपति पोखरेल धर्नामा बसेका छन् ।
संघीय निजामती ऐन जारी गर्नुपर्ने, ३ महिने र लेनेदेने सरुवा बन्द गर्नुपर्ने, कर्मचारीलाई अतिरिक्त र बरण्डामा राखेर दाम तोकेर कामु तथा निमित्त तोक्ने कार्य बन्द हुनुपर्ने, स्थानीय तहका कर्मचारीमाथि भइरहेको विभेद रोक्नुपर्ने, कर्मचारीलाई पुरस्कार र दण्ड निष्पक्षरूपमा हुनुपर्नेलगायतको माग छ ।
आइतबारदेखि दैनिक ५ घन्टा धर्ना बसिरहेका उनले माग पूरा नहुन्जेल संघर्ष नरोक्ने बताए ।

Leave a Reply