काठमाडौ । सर्वोच्च अदालतले पाथीभरामा केबलकार निर्माणसम्बन्धी काम कारवाहीलाई तत्कालको लागि यथास्थितिमा राख्न आदेश दिएको छ ।
अन्तरिम आदेश दिन पर्ने वा नपर्नेबारे चैत २६ मा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश समेत जारी भएको छ ।
चैत १३ गते न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले दिएको आदेश आइतवार सार्वजनिक भएको हो । यामबहादुर लिम्बूसमेतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ भए पनि यसको अन्तरिम आदेश दिने वा नदिनेबारे भने चैत २६ पछि टुंगो लाग्नेछ ।



Leave a Reply